+

पलिसिकको ह्याट्रिकमा चेल्सीको जित

२०७६ कात्तिक  १० गते ८:०१ २०७६ कात्तिक १० गते ८:०१
पलिसिकको ह्याट्रिकमा चेल्सीको जित

१० कात्तिक, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले बर्नेलीलाई उसैको मैदानमा ४-२ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टियन पलिसिकले ह्याट्रिक गोल गरे । त्यस्तै, एक गोल विलियमको नाममा रह्यो । बर्नेलीका लागि जेय रोड्रिगुएज र डवाइट म्याकनिलले गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । खेलको २१ र ४५ औं मिनेटमा पलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले खेलको ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

खेलको ५८औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई ४-० गोलको फराकिलो अग्रतामा पुर्‍याएका थिए । तर खेलको ८६औं र ८९औं मिनेटमा गोल गर्दै बर्नेलीले ४-२ गोलको स्थितिमा खेल टुंग्याएको हो ।

इंग्लिस प्रिमियर लिगमा शनिबार राति नै भएका अन्य खेलमा ब्राइटनले एभर्टनलाई ३-२ गोलअन्तरले पराजित गर्दा वेष्ट ह्याम र शेफिल्ड युनाइटेड १-१ तथा वाटफोर्ड र बोर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय