+

साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जित

२०७६ कात्तिक  १० गते ८:०३ २०७६ कात्तिक १० गते ८:०३
साउल र अल्भारोको गोलमा एथ्लेटिको मड्रिडको जित

१० कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको विल्बाओलाई पराजित गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–० गोलअन्तरले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा साउल निगुएज र अल्भारो मोरटाले गोल गरे ।

खेलको २८ औं मिनेटमा नै साउलले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । उनकै गोलमा पहिलो हाफसम्म एथ्लेटिको मड्रिडले १–० गोलको अग्रता बनाएको थियो । खेलको ६४औं मिनेटमा मोरटाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–० गोलको जित दिलाएका हुन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय