Comments Add Comment

‘बादशाह जुट’का ‘बादशाह र क्विन’

कात्तिकको १५ गतेबाट चलचित्र ‘बादशाह जुट’ रिलिज हुँदैछ । यो चलचित्रले २ यूवाको वादशाह बन्ने सपनालाई प्रस्तुत गरेको छ । जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रको शिर्ष भूमिकामा सुशिल श्रेष्ठ र आमिर गौतम छन् ।

चलचित्रमा सुशिल पत्रकारको भूमिकामा छन् भने आमिर सिपाहीको भूमिकामा छन् । तर, यी दुबैको सपना भने आफ्नो क्षेत्रमा बादशाह बन्नेछ । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा सुशिलले यसपटक आफू फरक र रमाइलो भूमिकामा देखिएको बताए । यो चलचित्रका लागि उनले १२ केजी तौल समेत घटाएका छन् । यस्तै, अर्का कलाकार आमिर गौतमले पनि रमाइलो तरिकाले चलचित्र प्रस्तुत गरिएको भन्दै दर्शकलाई दिक्क नलाग्ने सुनाए ।

चलचित्रमा केइसा राउतको पनि मुख्य भूमिका छ । केइसा चलचित्रमा आफू सो पिसको रुपमा मात्र नदेखिएको दाबी गर्छिन् । केइसालाई चलचित्रमा सुशिलको जोडीको रुपमा हेर्न पाइनेछ भने आमिरको जोडीको रुपमा रोशी खड्काले काम गरेकी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment