Comments Add Comment

वार्नरको शतकमा श्रीलंकामाथि अष्ट्रेलियाको फराकिलो जित

१० कात्तिक, काठमाडौं । तीन खेलको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले जित हात पारेको छ ।

घरेलु टोली अष्ट्रेलियाले आइतबारको  खेलमा श्रीलंकालाई १३४ रनले पराजित गरेको हो । २३४ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९९ रनमात्र बनाउन सक्यो

श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि दनुस सनकाले १७, कुशल परेराले १६ र ओसदा फेर्नान्डोले १३ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिदा मिचेल स्टार्क र पट कुम्मिन्सले समान २–२ विकेट लिए ।

कप्तान फिन्च र म्याक्सवेलको विष्टफोटक ब्याटिङ

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै १०.५ ओभरमा पहिलो विकेट गुमाउँदा १२२ रन बनाएको थियो । पहिलो विकेटको रुपका कप्तान आरोन फिन्च ६४ रनमा आउट भए । उनले मात्र ३६ बलको सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरेका थिए ।

त्यस्तै, डेभिड वार्नरले शतक बनाउने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ग्लेन म्याक्श्वेलसँग मिलेर १०७ रनको साझेदारी गरे । वार्नरले ५६ बलमा १० चौका र चार छक्का प्रहार गर्दै अविजित शतक बनाए ।

यता, विष्फोटक ब्याटिङ गरेका म्याक्सवेलले पनि मात्र २८ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६२ रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment