Comments Add Comment

रामेछापमा बजार अनुगमनमा कडाई

१० कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले उपभोक्ताहरुको अधिकार संरक्षणमा तदारुकता देखाएको छ । उपभोक्तालाई ठगी गर्ने व्यवसायीहरुमाथि कारबाही गरी कार्यालयले उपभोक्ताको अधिकार संरक्षणमा तदारुकता देखाएको हो ।

उपभोक्ताको अधिकार संरक्षको लागि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा अनुगमनको क्रममा बढी मुल्य लिने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने म्याद नाघेका उपभोग्य सामान बिक्री गर्ने व्यवसायीहरुलाई कारबाही र सामान जफत गर्ने कार्यलाई अघि बढाएको छ । बजार अनुगमन समिति मार्फत जिल्लाका ठूला बजार केन्द्रहरुमा अनुगमनलाई नियमित गरेको रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले बताइन् ।

अनुगमनकै क्रममा अधिक मुल्य लिई कालो बजारी गर्ने २ जना व्यावसायीहरुलाई कालो बजारी ऐन अन्तर्गत कारबाही गरिएको उनले बताइन् । मन्थली बिमान स्थलक नजिकै सञ्चालित एभरेष्ट गेटवे मिनीमार्टका सञ्चालक जयकृष्ण अधिकारी र ट्रेकर्स ट्रान्जिट क्याफेकी सञ्चालक पासाङ ल्हामु शेर्पालाई कालोबजारी ऐन २०३२ अन्तर्गत ०७६ कात्तिक ८ गते कारवाही स्वरुप जरिवाना गरिएको उनले बताइन् ।

मिनीमार्टलाई  १ लाख ५ हजार रुपौया जरीवाना गरी १५ दिनभित्र नियम अनुसार व्यवसाय दर्ता गरी तोकिएको मुल्यमा सामान बिक्री गर्न निर्देशन दिइएको छ भने मनलाग्दी मुल्यसूची राखेर सञ्चालन गरिएको ट्रेकर्स ट्रान्जिट क्याफेलाई पनि कालोबजारी ऐन २०३२ अन्तर्गत ७५ हजार जरीवाना गरी १५ दिनभित्र जिल्लामा प्रचलित मुल्य सूची अनुसार क्याफे सञ्चालन गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए ।

यसै गरि म्याद नाघेका सामान बिक्रीमा राख्ने जिल्लाका एक सय भन्दा बढी पसलहरुबाट त्यस्ता सामान जफत गरिएको भुजेलले बताए । त्यस्ता व्यवसायीहरुलाई पहिलो पटक सचेत गराईएको र फेरी त्यस्तो पाइए थप कारबाही हुने पनि उनले बताए ।

प्रशासनको अनुगमन र कारबाहीले व्यवसायीहरुलाई सचेत बनाई उपभोक्ताहरुको स्वच्छ र गुणस्तीय उपभोक्त सामान पाउने अधिकार संरक्षणमा सहयोग पुगको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ दाहालले बताए । प्रशासनको यो कार्याले उभोक्ताहरुको अधिकार सुनिश्चित गर्न सहयोग पुगको स्थानीय उपभोक्ता नवराज श्रेष्ठले बताए । अनुगमनलाई जबार मात्र हैन गाउँ केन्द्रि बनाउनु पर्ने उनको भनाइ छ ।

बजारमा अनुगमन कडाई भएपछि म्याद सक्किन लागेका समानहरु गाउँमा पठाउने क्रम सुरु भएकोले गाउँ स्तरमा पनि अनुगमनलाई अझ कडा बनाउनु पर्ने दोरम्बा गाउँपालिकाका उभोक्ता एवं गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेल बताउँछन् । अहिले गाउँगाउँमा पनि होटल तथा पसलहरु सञ्चालन भएकाले तिनीहरुमा पनि अनुमनमा कडाई गर्नु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment