Comments Add Comment

रामेछापमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

१० कात्तिक, रामेछाप । रामेछापमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला सुरक्षा समिति रामेछापको बैठकले १० बजेसम्म मात्रै खेल्न पाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेले जानकारी दिइन् ।

सुरक्षा समितिले तिहारको बेलामा पटका, आतासबाजी जस्ता विष्फोटक र प्रज्वोलशील बस्तुको बिक्री, ओसारपसार तथा प्रयोगमा पनि रोक लगाएको छ ।

यसैगरी जुवातासका साथै बाजिमा पोट, लङ्गुरगुर्जालगायतका जुवाजन्य खेलहरु समेत खेल्न खेलाउन प्रतिबन्ध लगाइएको छ ।

निर्णय अटेरी गरे कारबाही गरिने प्रशासनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment