+
+
Shares
देउसी गीत :

सुन सुन सरकार !

डा.चन्द्रमणि अधिकारी डा.चन्द्रमणि अधिकारी
२०७६ कात्तिक १० गते १४:५१

हे भन भन जनता ! देउसी रे,
सुन सुन सरकार ! देउसी रे ।

शरद आयो देउसी रे, रमाईलो तिहार देउसी रे,
हिमाल माथि देउसी रे, घामको किरण देउसी रे ।
चन्द्र र सुर्य देउसी रे, वीरको झन्डा देउसी रे,
शहिदको शान देउसी रे, अटल बनाउ देउसी रे ।।

खेत छ खाली देउसी रे, बढोस बाली देउसी रे,
श्रम र सीप देउसी रे, प्रविधि सिक देउसी रे ।
माटोको माया देउसी रे, पानी अड्याउ देउसी रे,
विदेशी सामान देउसी रे, बजार भरी देउसी रे ।
चक्र चलाउ देउसी रे, उद्योग खोल देउसी रे,
हातमा काम देउसी रे, गोजीमा दाम देउसी रे ।।

पहाड तराई देउसी रे, हिमाल बचाउ देउसी रे,
हावा पानी देउसी रे, जीवन दिन्छन् देउसी रे ।
श्रोत र साधन देउसी रे, साझा सबका देउसी रे,
विभेद बन्द देउसी रे, सद्भाव बढोस देउसी रे ।।

घुसखोरी शुन्य देउसी रे, सिन्डीकेट सकौं देउसी रे,
छलबन्दी छोड देउसी रे, गुटबन्दी बन्द देउसी रे ।
विकासको प्रहर देउसी रे, सुखको लहर देउसी रे,
देउसेको माग देउसी रे, पुर्‍याउ सरकार देउसी रे ।।

सत्ताको राप देउसी रे, आमाको श्राप देउसी रे,
यी बाट बच् देउसी रे, डढाई देलान देउसी रे ।
घमण्ड होइन देउसी रे, विनय सांच देउसी रे,
छाती ठुलो देउसी रे, खुला विचार देउसी रे ।।

ज्ञान र गुन देउसी रे, काममा जाँगर देउसी रे,
मुटुमा माया देउसी रे, मुहार मुस्कान देउसी रे ।
आमोद प्रमोद देउसी रे, हाम्रो इच्छा देउसी रे ,
गाउ न गीत देउसी रे, बनाउं नेपाल देउसी रे ।।

हे भन भन भाई हो, ..देउसी रे ।
आˆनै सरकार आˆनै देश, हाम्रै भाषा हाम्रै भेष ।
हे….हे..हे….
धुलो र धुँवा हटाइ देउ, सफा हावा चलाइ देउ,
बाटा घाटा सम्याई देउ, रीस र राग पुरी देउ ।
बोलेको कुरा गरी देउ, विकास बढाई कर लेउ,
फलफुल अन्न फलाई देउ, सेल रोटी खान देउ ।

उद्योग चलाई काम देउ, स्वास्थ्य शिक्षा सुलभ देउ ।
हात घोट्छौं माटोमा, पसीना पोख्छौं धर्तीमा,
आदर गछौं सरकारको, सम्मान गर्छाै कानूनको ।।

हे भन भन जनता ! देउसी रे, आशिष दिउँ, देउसी रे,
यसपाली आउंदा अभिवृद्धि, अर्को साल पाउंला समृद्धि ।
सरकार साझा सबैको, सबै आˆना पराई को ?
गण..तन्त्र दीगो होस, लोक..तन्त्र प्रिय होस् ।
व्यापार घाटा बन्द होस, अर्थतन्त्र उँभो होस,
गाली होइन ताली होस, जाँगरसँगै जोस होस ।
विवेकको गीत गाउं, हांसी खुसी विदा पाउँ ।।

हे…भन भन जनता ! देउसी रे,
सुन सुन सरकार ! देउसी रे,
गर गर सरकार ! देउसी रे ।।

(२०७६ कात्तिक ९ गते, ६ बजे विहान)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?