Comments Add Comment

इस्लामिक स्टेटका संस्थापक अल बगदादी मारिए : ट्रम्प

'विश्व अब सुरक्षित छ'

११ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेटका संस्थापक अबु बकर अल बगदादी मारिएको बताएका छन् । आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यो जानकारी दिएका हुन् । अमेरिकी सेनाले सिरियामा गरेको स्पेशल अपरेशनको क्रममा बगदादी मारिएको ट्रम्पको भनाइ छ ।

ट्रम्पको भनेका छन्- शनिबार राति अमेरिकी सेनाले सिरियामा एक सैन्य कारबाही गर्‍यो । सो क्रममा बगदादीले आत्मघाती ज्याकेट बम पड्काएर आफूले आफैंलाई उडाए ।

ट्रम्पले भनेका छन्, ‘अबु बकर अल बगदादीको मृत्यु भइसकेको छ । उनी इस्लामिक स्टेटको संस्थापक थिए । यो विश्वकै सबैभन्दा हिंस्रक र क्रूर संगठन हो । अमेरिकाले धेरै वर्षदेखि बगदादीलाई खोजी रहेको थियो । बगदादीलाई जिउँदै पक्रने वा मार्ने मेरो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थियो । अमेरिकी सेनाको विशेष टोलीले उत्तर पश्चिम सिरियामा रातिमा एक साहसिक र खतरनाक अभियान चलायो र शानदारपूर्वक सफल भयो ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार अमेरिकी समयअनुसार बिहान करिब नौ बजे पत्रकार सम्मेलन आयोजना गरेर भने, ‘म बगदादी मारिएको पुष्टि गर्दछु ।’

ट्रम्पका अनुसार बगदादीसाग उनका तीन बच्चा पनि थिए र उनीहरु पनि मारिएका छन् । आत्माती विष्फोटबाट बगदादीको शरीर टुक्रा-टुक्रा भएको र डिएनए टेष्टबाट बगदादी मारिएको पुष्टि भएको उनको भनाइ छ ।

अमेरिकी सैनिकहरुले बगदादीलाई लखेट्दा उनी एक घातक सुरुङमा खसेका थिए । त्यसपछि उनले आत्मघाती बम विष्फोट गराएका थिए । अमेरिकी सैनिकले लखेटिरहँदा बगदादी रुँदै चिच्याउँदै भागेको ट्रम्पको भनाइ छ । ट्रम्पले भने, ‘बगदादी कायर थियो, जो मर्न चाहँदैनथ्यो । तर बगदादी क्रूर र हिंस्रक व्यक्ति थियो, उसको मृत्यु पनि त्यसैगरी भयो । अब विश्व सुरक्षित छ ।’

ट्रम्पले यो अपरेशनमा कुनै पनि अमेरिकी सैनिक नमारिएको पनि बताए । उनले बगदादीका धेरै अनुयायी मारिएको र केहीलाई पक्राउ गरिएको जानकारी दिए । ट्रम्पका अनुसार यो अपरेसनको क्रममा अमेरिकी सेनालाई ‘अत्यन्तै संवेदनशील’ सूचना पनि प्राप्त भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो अपरेशन सफल बनाउन सहयोग गरेको भन्दै रुस, टर्की र सिरियालाई धन्यवादसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment