+
+
Shares

बलिउडमा यस्ता छन् तिहार गीत

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ११ गते ११:५२

दियो बाली साँझको, तिहारै आयो लौ झिलिमिली जस्ता थुप्रै्र गीत छन्, नेपाली चलचित्रमा । त्यसो त यो सप्तरंगी पर्वलाई नेपाली चलचित्रले समेट्दै पनि आएको छ । थुप्रै चलचित्र छन्, जसले तिहारको प्रसंग राखेको छ ।

तिहारलाई हामी झिलिमिली वा उज्यालो पर्व पनि भन्ने गर्छौं । दियो-बत्ती बालेर मनाइने पर्व हो यो । यसलाई दिपावली पनि भनिन्छ । यो दीपको तिहार हो ।

भारतमा यही पर्वलाई दिवाली भन्ने गरिन्छ । बलिउड चलचित्रमा पनि दिवालीका प्रसंगहरु जोडिने गर्छ । कतिपय हिन्दी चलचित्रका गीत दिवालीसँगै सम्बन्धित छन् ।

आई है दिवाली सुनो जी घरवाली

फिल्म आमदानी अठन्नी खर्चा रुपैयाको यो गीत निकै कर्णपि्रय छ । यो गीतले तिहारको बेला भारतमा राम्रो चर्चा पाउँछ । नेपालमा पनि तिहारको बेला विभिन्न रेडियोहरुले यो गीत प्रसारण गरिरहेका हुन्छन् । तिहारका सुन्दर दृष्यहरु समावेश गरिएको उक्त गीतको भिडियो पनि आकर्षक छ । उक्त मल्टिस्टारर फिल्ममा जुही चावल, गोविन्दा, तब्बू, जोनी लिवर आदि कलाकारले अभिनय गरेका छन् ।

ढोली तारो ढोल बाजे

बलिउडको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ यो नृत्यपरक गीतमा सलमान खान तथा ऐश्वर्याले अभिनय तथा नृत्य गरेका छन् । तिहारको परिवेश समावेश गरिएको उक्त गीतमा कलाकारहरुले आकर्षक गरबा नृत्य गरेको देख्न सकिन्छ । कुनै बेला यो गीत निकै नै लोकपि्रय मानिन्थ्यो ।

दीप दिवाली के झुठे

सन् १९७३ मा प्रदर्शन भएको फिल्म जुग्नूको यो गीतमा अभिनेता धर्मेन्द्रले बच्चाहरुसंग तिहार मनाइरहेको देख्न सकिन्छ । यो गीतमा धेरै प्रकारका पटाका तथा बत्तिको झिलिमिलले गर्दा तिहारको वास्तविकता अनुभव गर्न सकिन्छ ।

पैरों मैं बन्धन है

सन् २००० मा प्रदर्शन भएको फिल्म ‘मोहब्बतें’ को यो गीतले पनि निकै लोकपि्रयता हासिल गरेको थियो । तिहारको अवसरमा अत्यन्त मन पराइने यो गीतमा फिल्मका मल्टिस्टार कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्दै तिहार मनाइरहेका छन् ।

डोला रे डोला

शाहरुख खान, ऐश्वर्य राय तथा माधुरी दीक्षित अभिनित फिल्म ‘देवदास’ को गीत डोला रे डोलालाई दुर्गा पूजामाथि चित्रण गरिएको छ, यद्यपि उक्त गीत तिहारमा पनि उत्तिकै मन पराइन्छ । हरेक तिहारको बेला सञ्चारमाध्यममा यो गीत प्रसारण भैरहन्छ । यो गीतमा ऐश्वर्या राय तथा माधुरी दीक्षितको ब्लकबस्टर जोडीको उत्कृष्ट नृत्य प्रस्तुती देख्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?