Comments Add Comment

त्यो १५ मिनेटको अपरेशन, जसमा कुकुरले लखेटेर बग्दादीलाई मार्‍यो  

११ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार घोषणा गरे, अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारे ।

ट्रम्पकाअनुसार शनिबार हेलिकप्टर एक अज्ञात स्थानबाट अमेरिकी स्पेशल फोर्सलाई लिएर साँझ ५ बजे बाशिङ्टनबाट उडेको थियो । त्यसबेला ट्रम्प हृवाइट हाउसको सिचुएशन रुपमा अन्य नेताहरुसँगै थिए । हेलिकप्टर एक घन्टा १० मिनेटसम्म दुवै दिशाको आकासमा रहृयो, जबकी अपरेशन दुई घन्टासम्म चल्यो ।

अधिकारीहरुले अमेरिकी मिडियालाई भनेका थिए कि आइतबार बिहानै सिरियाको इदलिब प्रान्तको गाउँ बारिशालाई अमेरिकी स्पेशल फोर्सले निशाना बनाए । यो टर्कीको दक्षिणी सीमाबाट करिब ५ किलोमिटर दुरीमा छ ।

इदलिब सिरियाली राष्ट्रपति बसर अल असदका विरोधीहरुको पकड भएको अन्तिम किल्ला हो ।

कसरी मारियो छापा ?

ट्रम्पले भनेका छन्, अमेरिकी खुफिया एजेन्सीले पहिलादेखि नै बग्दादीलाई पछ्याइरहेको थियो । र, उनीहरुलाई थाहा थियो, बग्दादी यहाँको कुनै सुरुङमा छन् । जसमध्ये कतिपय सुरुङमा बाहिर निस्कने बाटोसमेत थिएन । ट्रम्पले यो मिसनमा ठूलो संख्यामा स्पेशल फोर्सलाई संलग्न गराए, जसमा आठ हेलिकप्टर, कयौं पोत र प्लेन पनि संलग्न भए ।

बगदादी मारिएको स्थान

अमेरिकी हेलिकप्टर टर्कीको आकास हुँदै गयो, सिरियाली र रुसी सेनाको नियन्त्रणको क्षेत्र पनि पार गर्‍यो । अमेरिकी अपरेशनबारे रुसलाई जानकारी नभएको तर उसले आफ्ना हेलिकप्टरहरुलाई जान दिएको भन्दै ट्रम्पले भने, ‘रुसले सहयोग नै गर्‍यो ।’

उनले अघि भने, ‘यो डर थियो कि हामी आफैं त आगोमा पर्दैनौं ? कहिले रफ्तार निकै कम गर्नुपर्थ्यो त कहिले निकै तीव्र । जब हेलिकप्टर बग्दादी रहेको क्षेत्रमा पुग्यो, तब गोलाबारी सुरु भयो । यसलाई समाप्त पाार्न हामीलाई धेरै बेर लागेन ।’

बरिशा गाउँका एक व्यक्तिले बीबीसीलाई भने, ‘जमिनमा बस्नुअघि हेलिकप्टरबाट ३० मिनेटसम्म गोलाबारी भयो । हेलिकप्टरबाट दुई घरमा मिसाइल पनि हानियो । एउटा घर पूरै ध्वस्त भयो ।’

ट्रम्पका अनुसार बारिशा गाउँमा पहिले एउटा हेलिकप्टर ल्याण्ड भयो । अमेरिकी स्पेशल फोर्सका जवानहरु बगदादी रहेको परिसरको पर्खालमा बसे ताकि मूल ढोकामा फस्नबाट बचियोस् । त्यसपछि अपरेशन सुरु भयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले  भने, ‘पहिले पुरै कम्पाउण्ड खाली गरियो, या त आत्मसमर्पण गरुन् या मारिउन् । ११ बच्चालाई बाहिर निकालियो । त्यसपछि सुरुङमा बग्दादी मात्र रहे । बग्दादी सुरुङमा भाग्न लागे, तर त्यो सुरुङमा बाहिर निस्कने बाटो थिएन । त्यसक्रममा बग्दादी निकै रोएको उनले बताए ।

ट्रम्पले भने, ‘उनी सुरुङको अन्तिम किनारामा पुगे । हाम्रो कुकुरले उनलाई पछ्याइरहेको थियो । आखिरमा उनी खसे र कम्मरमा बाँधेको विस्फोटकमा आफू र सँगै लगेका तीन बच्चालाई उडाए । विस्फोटका कारण उनको शरीर टुक्राटुक्रा भएको थियो । सुरुङ पनि क्षगिग्रस्त भयो ।’

ट्रम्पले भने, ‘१५ मिनेटभित्रै बग्दादी मारिए ।’

बग्दादी मारिएकोमा किन ढुक्क छ अमेरिका ?

राष्ट्रपति ट्रम्पले भनेका छन् जो व्यक्तिले आफूलाई आत्मघाती विस्फोट गराए, उनको शरीरको अवशेषको तत्काल डीएनए जाँच गरिएको थियो, र त्यसबाट मृतक बग्दादी नै भएको पुष्टि भएको छ ।

अमेरिकी स्पेशल फोर्ससँगै विज्ञ पनि रहेको र उनीहरुले नै डीएनए टेष्ट गरेका थिए । विज्ञ टिमले उनको शरीरको केही भाग पनि ल्याएका छन् ।

यद्यपि अहिलेसम्म बग्दादीको मृत्यु भएको स्वतन्त्र पुष्टि भएको छैन ।

यो अपरेशनका क्रममा अमेरिकी स्पेशल फोर्सलाई कुनै क्षति नभएको राष्ट्रपति ट्रम्पले बताए । यद्यपि बग्दादीलाई पछ्याउने क्रममा अमेरिकी सेनाका एक कुकर घाइते भएको बताइएको छ ।

बरु ठूलो संख्यामा बग्दादीका मानिसहरु मारिएका छन् । मारिनेमा बग्दादीका दुई पत्नी पनि छन् । दुवैले आफ्नो शरीरमा विस्फोटक पदार्थ राखेका थिए, तर पडि्कन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment