Comments Add Comment

पशुपतिमा गाई पूजा (फोटो फिचर)

११ कात्तिक, काठमाडौं । आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाई पूजा गरेका छन् ।

घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने गर्दछन् ।

आज पशुपति क्षेत्रमा पनि सामुहिकरुपमा विधि पुर्‍याएर गाई पूजा गरिएको छ ।

हरेक वर्ष यहाँ यसरी नै सामूहिकरुपमा गाई पूजा गर्ने प्रचलन छ ।

हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ । सोहीअनुसार तिहारको बेला भाइटीकाभन्दा पहिलो गाई पूजा गरिन्छ ।

तस्वीर : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment