Comments Add Comment

तिहारमा पनि खुल्ला छन् यी बैंक

११ कात्तिक, काठमाडौं । सिंगै देश तिहारको माहोलमा झुमिरहेका बेला अधिकांस सरकारी र निजी कार्यालयहरु बन्द छन् । सरकारले तिहारका लागि ४ दिन सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदा भएकाले प्राय बैंक तथा वित्तिय संस्था पनि चार दिन खुल्दैनन् । तर, यो बेला कसैलाई अभर पर्न सक्छ । बंैकमा रहेको पैसा आजै निकाल्नुप¥यो भने के गर्ने ? एटीएमको विकल्प छ, तर यसको सेवामा सीमितता हुन्छ ।

यही अवस्थालाई मध्यनजर गर्दै केही बैंकले तिहार बिदाका बेलामा पनि आफ्ना केही शाखा खोलिरहेका छन् । तिहार बिदामा पनि सेवा दिने ‘क’ वर्गका मात्रै आधा दर्जनभन्दा बढी बैंक छन् । ती बैंकहरुले सार्वजनिक सूचना नै जारी गरेर तिहारमा सेवा दिने बताएका थिए ।

बहुमत सेयर नेपाल सरकारको रहेको कृषि विकास बैंकले सर्वसाधारणको सेवालाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि तिहार बिदामा समेत खुला राखेको छ । बैंकले तिहार बिदाको बेला अर्थात् कात्तिक १० र ११ गते शाखा खोल्ने बताएको छ । भाइटीकाको दिन १२ गते भने बैंक बन्द रहनेछ ।

बैंकले बिदाका बेला शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहने जानकारी दिएको छ । यस अवधिमा बैंकले नगद जम्मा गर्ने र चेक सटही लगायतका काम मात्रै गर्नेछ ।

बैंकले बिर्तामोड, विराटनगर, धरान, फिक्कल, दमक, गाइघाट, लहान, राजविराज, शिवकचोक, बदिृबास, मलंगवा, जलेश्वर, वीरगञ्ज, हाकिमचोक, सौरहा, लगनखेल, पुतलीसडक र प्रधान कार्यालय रहेको स्थान रामशाहपथमा समेत सेवा दिने बताएको छ ।

निजी क्षेत्रका एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक नेपाल, सिभिल स्ट्याण्डर्ड चाटर्ड, कुमारी बैंक र सिद्धार्थ बैंक तिहारको बिदामा सेवा दिने बताएका छन् । एनएमबि बैंकले आफ्नो ५ शाखाबाट लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सेवा दिने जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकले लक्ष्मी पूजा, गाईतिहारका साथै भाइटिकाका दिन समेत कान्तिपथ शाखाबाट सेवा दिने बताएको छ । एनएमबि बैंकका अनुसार काठमाडौंको कान्तिपथ, विराटनगर, पोखरा, फिदिम र बुटवलको शाखामार्फत सेवा दिने बताएको छ ।

कुमारी बैंकले तिहार विदामा आफ्नो ५ वटा शाखा कार्यालयहरु खुला गरेर बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले उक्तमध्ये दुई शाखा कार्तिक १० र ११ गते खोल्नेछ भो बाँकी ३ शाखा कार्यालय कार्तिक १० गते मात्र खुल्ला रहने छ ।

स्टाण्डर्ड चार्टडको लाजिम्पाट, लतिपुर, न्यूरोड र बिराटनगर शाखा कार्यालयहरु खुला रहने बताइएको छ भने सिभिल बैंकले १३ शाखाबाट सेवा दिने बताएको छ । सिद्धार्थ बैंकले उपत्यकाभित्र ४ र उपत्यका बाहिरका १० वटा गरी १४ शाखाबाट तिहार बिदामा सेवा दिने बताएको छ । उपत्यकाभित्र न्यूरोड र तिनकुने शाखा खुला रहने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment