 
																			११ कात्तिक, धनगढी । बैतडीमा चलिरहेको जिपबाट खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ७ किम्तोलीका १५ वर्षीय सुवास चन्दको जीपबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना शनिबार साँझको भएको प्रहरीले जानकारी दिएको छ । किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज १६८ नम्बरको जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्दको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिए । प्रहरीले चालकलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4