Comments Add Comment

छिमेकीको बन्चरो प्रहारबाट युवकको मृत्‍यु

११ कात्तिक, कैलाली । जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो  प्रहार गर्दा  ३२ वर्षका मोतीराम चौधरीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

टाउकोमा वञ्चरो प्रहारबाट गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए पनि मृत्यु भएको डिएसपी बस्नेतले बताए।

बञ्चरो प्रहार गर्ने मोतीरामका छिमेकी खुसीराम फरार छन् । सामान्य विवादमा मोतीरामलाई वञ्चरो प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ । फरार खुसीरामको खोजी भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment