Comments Add Comment

चीनमा टेनिस खेल्दाखेल्दै कमल थापा घाइते

१३ कात्तिक, काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते भएका छन् । खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि थापाले वीचैमा खेल छाडेका छन् ।

राप्रपा अध्यक्ष थापा टेनिसका राम्रा खेलाडी मानिन्छन् । चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट-२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ पुगेका थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६-० र ६-० मा पराजित गरेका थिए ।

थापाले नेपाल भ्रमण बर्ष-२०२० लेखिएको जर्सी लगाएर खेलेका थिए ।

पहिलो खेलमा जीत हात पारेका थापाले अर्को खेलमा भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३-० ले जितेका थिए । तर, दोस्रो सेटमा जितिरहेको अवस्थामा थापाको मांसपेशीमा समस्या देखिएको थियो । घाइते भएपछि वीचैमा उनले खेल छाडेको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

थापाको पिँडुला र तिघ्राको मांसपेशीमा एकैसाथ गम्भीर समस्या भएकाले जितिरहेको खेल बीचैमा छाड्नु परेको बर्तौलाले बताए । पिँडुलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छाडिदिएको उनले बताए ।

श्रीमती प्रलिता थापासहित चीन गएका थापा कात्तिक १४ गते स्वदेश र्फकने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment