Comments Add Comment

को हुन् छठ माता ?

सम्पूर्ण विश्वर्लाइ उर्जावाद बनाउने सूर्य देवको आराधनाको महान् पर्व छठ प्रारम्भ हुँदैछ । चार दिनसम्म चल्ने यो पर्वमा छठ माता (छठी मैयाँ) को पूजाका विशेष विधान छन् । उनको पूजा गर्नाले निःसन्तानहरुको आँगनमा समेत सन्तानहरु खेल्न थाल्नेछन् भने सन्तानहरुको जीवन रक्षा समेत हुन्छ र उनीहरु सुखी तथा खुशी रहन्छन् ।

अधिकांश व्यक्तिहरु सम्भवतः छठ माता को हुन्, उनको स्वरुप कस्तो छ तथा उनको पूजा गर्नाले भक्तहरुलाई के-के आशीर्वाद प्राप्त हुन्छ भन्ने कुराप्रति अनभिज्ञ छन् ।

को हुन् छठ माता ?

ब्रम्हृवैवर्त पुराणको प्रकृति खण्डमा के भनिएको छ भने सृष्टिकी अधिष्ठात्री प्रकृति देवीको एक प्रमुख अंशलाई ‘देवसेना’ भनिन्छ । प्रकृतिको छैठौं अंश भएका कारण यी देवीको एउटा प्रचलित नाम षष्ठी हो । पुराणका अनुसार यी देवीले सबै बालकहरुको रक्षा गर्छिन् तथा उनीहरुलाई लामो आयू प्रदान गर्छिन् । आज पनि ग्रामिण समाजमा बच्चाहरुे जन्मिएको छैठौं दिन षष्ठी पूजा अथवा छठी पूजाको प्रचलन विद्यमान छ ।

षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता ।

बालकाधिष्ठातृदेवी विष्णुमाया च बालदा ।।

आयुः प्रदा च बालानां धात्री रक्षणकारिणाी ।

सततं शिशुपार्श्वस्था योगेन सिद्धियोगिनी ।।

-ब्रम्हावैवर्तपुराण, प्रकृतिखण्ड

षष्ठी देवीलाई नै स्थानिय भाषामा छठी मैयाँ अथवा छठ माता भनिन्छ । षष्ठी देवीलाई ‘ब्रम्हा की मानसपुत्री’ पनि भनिन्छ ।

कात्यायनी माता नै हुन छठी मैयाँ

पुराणहरुमा छठी मैयाँको एक नाम कात्यायन पनि हो । उनको पूजा दशैंको नौ रथाको षष्ठी तिथिमा पनि गरिन्छ । सिंहमाथि सवार कात्यायनीका चार वटा हातहरु छन् । उनको बायाँ हातमा कमलको फूल तथा तलवार धारण गरेकी छिन् भने दाहिने हातमा अभय तथा वरद मुद्रामा रहन्छन् । माता कात्यायनी योद्धाहरुकी देवी हुन् । राक्षसहरुको अन्त्यका लागि माता पार्वतीले कात्यायन ऋषिको आश्रममा ज्वलन्त स्वरुपमा प्रकट भएकी थिइन्, त्यसैले उनको नाम कात्यायनी राखिएको हो ।

सूर्यकी बहिनी हुन् छठ माता

धार्मिक मान्यता के पनि छ भने छठ माता भगवान सूर्यकी बहिनी हुन् । छठ मातालाई प्रसन्न गर्नका लागि सूर्य देवलाई विधि-विधान अनुसार पूजा-अर्चना गरिन्छ ।

छठ माताबाट पाइने आशीर्वाद

– छठ माताको पूजा गर्नाले निःसन्तान दम्पत्तिहरुलाई सन्तान सुख प्राप्त हुन्छ ।

-छठ माताले सन्तानहरुको रक्षा गर्छिन् र उनीहरुको जीवनलाई खुशीयालीले भरिदिन्छिन् ।

-छठ माताको पूजा गर्नाले सैयौं यज्ञहरुको फल प्राप्ति हुन्छ ।

-परिवारमा सुख समृद्धि प्राप्तिका लागि पनि छठ माताको व्रत बस्ने गरिन्छ ।

-छठ माताको पूजा गर्नाले सम्पूर्ण मनोकामनाहरु पूर्ण हुन्छन् ।

नियम अनुसार व्रत नबस्नेलाई हुनेछ वेफाइदा

छठ माताको नियमपूर्वक व्रत गर्नाले व्रतको सम्पूर्ण फल प्राप्त हुन्छ । नियमलाई उलंघन गर्नाले त्यसको कुफल समेत प्राप्त हुन्छ । पुराणहरुमा के भनिएको छ भने राजा सगरले सूर्य षष्टी व्रत सहि तरिकाले गरेका थिएनन्, त्यसैले उनका ६० हजार पुत्रहरु मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment