Comments Add Comment

तिहार बिदाको फाइदा ‘छ माया छपक्कै’ र ‘पोई पर्यो काले’ले कती उठाए ?

शनिबारदेखि वुधबारसम्म परेको बिदाको फाइदा के तेश्रो हप्तामा चलिरहेको चलचित्र ‘छ माया छपक्कै’ र फ्रेस रिलिज ‘पोई पर्यो काले’ले उठाए त ? विशेषगरि, चलचित्र ‘छ माया छपक्कै’ तिहारको बिदामा मल्टिप्लेक्समा सुखद व्यापार गर्न सफल छ । बुधबार पनि चलचित्रका अधिकांश शोजहरु भरिभराउ छन् । दिपेन्द्र लामा निर्देशित चलचित्र असोजको २४ गतेबाट रिलिज भएको हो ।

सिंगलमा भन्दा मल्टिप्लेक्समा चलचित्रको व्यापार तेश्रो हप्तासम्म आइपुग्दा सुखद देखिएको छ । निर्माणपक्षले पनि मल्टिप्लेक्समा दर्शकको चाप उच्च रहेको उल्लेख गरेको छ । यस्तै, शिशिर राणा निर्देशित चलचित्र ‘पोई पर्यो काले’ सुरुवाती दिनमा सिंगल हलमा सुखद थियो । तर, तिहारको बिदामा चलचित्रले मल्टिप्लेक्समा पनि दर्शक बढाएको छ ।

विशेषगरि, मंगलबार र बुधबार चलचित्रको व्यापार मल्टिप्लेक्समा सुखद देखिएको छ । मंगलबार भाइटिकाको दिनमा पनि चलचित्र हेर्न सिंगल र मल्टिप्लेक्स हलमा दर्शक भरिभराउ थिए ।

बुधबार परेको बिदामा पनि चलचित्रले राम्रो कलेक्शन गर्ने संकेत देखाएको छ । नायिका पूजा शर्मा मंगलबार काठमाण्डौका गोपीकृष्ण, अष्टनारायण लगायतका हल पुगिन् । यस्तै, नायक आकाश श्रेष्ठ चितवनका हलमा पुगेका थिए । दर्शकको उच्च चापले दंग देखिएकी नायिका शर्माले चलचित्र रिलिज भएको पाँचौ दिनमा पनि यस्तो माया पाएको भन्दै खुशी जनाइन् । हलमा नायिका पूजा शर्माको क्रेज गज्जब देखिएको छ ।

तिहारको बिदामा यी दुबै चलचित्रलाई बलिउड चलचित्र ‘हाउसफूल ४’को प्रभाव आंशिक परेको छ । तर, दुबै चलचित्रले बिदाको सदुयोग गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment