+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते १३:१३

१२ कात्तिक, काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा काभ्रेको डाँडाबारीका विकास तामाङ रहेका छन् भने सूर्य विनायक नगरपालिका-७ गुण्डुका १८ वर्षीय विशाल तामाङ घाइते भएका छन् ।

व्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका १० कमलबिनायमा मंगलबार राति ठक्कर उनीहरुलाई ठक्कर दिएको थियो ।

स्टार बैंकेट अगाडि पार्किङमा राखेको बा७०प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिए लगत्तै बसले र पैदल यात्रु तामाङलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते तामाङको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विशालको भने सामान्य अवस्थामा उपचार भइहरको छ ।

बसका चालक भक्तपुर नगरपालिका-१० कमलबिनायकका ४० वर्षीय बलराम ज्याखोलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनले मदिरा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?