Comments Add Comment

आयुष्मान भन्छन्–‘बाला र उज्डा चामन’को कथा फरक छ’

बलिउडमा दुई चलचित्रको विवाद निकै चुलिएको छ । रिलिजको तयारीमा रहेका दुई चलचित्र ‘बाला’ र ‘उज्डा चामन’बीच विवाद चलिरहेको छ । चलचित्रको कथाबस्तु र रिलिज मिति मिलेपछि विवाद चुलिएको हो । दुबै चलचित्र कपाल नभएको यूवाको कथामा आधारित छन् ।

यस विवादमा ‘बाला’का मुख्य नायक आयुष्मान खुरानाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । दुई चलचित्रको वान लाइन स्टोरीमात्र मिलेको उनले बताएका छन् । उनले भनेका छन्–‘चलचित्रको वान लाइन स्टोरीमात्र मिलेको हो । पूर्ण चलचित्र मिलेको छैन । दुई चलचित्र फरक छन् ।’

‘उज्डा चामन’ निर्देशकले ‘बाला’लाई कथा चोरीको आरोप पनि लगाएका थिए । ‘उज्डा चामन’ निर्देशक अभिषेकका अनुसार उनको चलचित्र ‘ओन्द’ मोटेया काथे’को रिमेक चलचित्र हो । ‘बाला’ पनि सोही चलचित्रबाट कपी भएको हुन सक्ने उनको आरोप छ ।

यो विषयमा आयुष्मानले भनेका छन्–‘हाम्रो चलचित्र कसैको कपी होइन । हाम्रो चलचित्रको ‘उज्डा चामन’ भन्दा पहिला सुटिङ भएको थियो । त्यसैले उहाँहरुले पनि आफ्नो कथा जुधेको छ–छैन हेर्न जरुरी छ ।’ यी दुई चलचित्र विवादित बन्नुको कारण रिलिज मिति पनि हो । ‘बाला’ले नोभेम्बर ७ लाई रिलिज मिति पक्का गरेको छ भने ‘उज्डा जामन नोभेम्बर ८ मा रिलिज हुदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment