Comments Add Comment

जम्मु-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन सुरु

१४ कात्तिक, काठमाडौं । जम्मु-कश्मीरलाई विभाजन गर्ने भारत सरकारको निर्णयको औपचारिक कार्यान्वयन आजबाट सुरु भएको छ । विगत सात दशकदेखिको स्वायक्त राज्य जम्मु-कश्मीरबाट लद्दाखलाई छुट्याएर केन्द्र शासित इकाइ बनाउने निर्णय गत अगस्टमा गरिएको थियो ।

बौद्धमार्गी बाहुल लद्दाखलाई छुट्टै इकाइ बनाउने निर्णयको कार्यान्वयन भारतीय पूर्व उपप्रधानमन्त्री सरदार बल्लवभाई पटेलको जन्मदिन (३१ अक्टुबर) पारेर गरिएको हो ।

गएको ५ अगस्टमा भारतीय संविधानको धारा ३७० र ३५ए खारेज गरेर जम्मु-कश्मीरको विशेष राज्यको अधिकार खोसिएको थियो ।

यससँगै जम्मु-कश्मीरको छुट्टै प्रशासन, छुट्टै वित्तीय तथा कानुनी प्रणाली समाप्त भएको छ । परिवर्तित व्यवस्थासँगै जम्मु-कश्मीरमा बाहिरबाट गएका मान्छेले पनि घरजग्गा खरिद गर्न सक्नेछन् ।

जम्मु-कश्मीरको गाडीमा भारतको झण्डासँगै देखिने तीन वटा सेतो धर्सा र सेतै चिह्न अंकित रातो झण्डा अब देखिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment