Comments Add Comment

कोइराला परिवारबाटै सभापति बन्न सक्छ : शेखर कोइराला

१४ कात्तिक, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै पार्टी सभापति बन्न सक्ने बताएका छन् ।

डा. शेखरले लोकतन्त्र खतरामा परेकोले रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताउँदै आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे ।

बिहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी ३ कोइरालाबीच भाइटीकाको दिन पनि केही छलफल भयो, फेरि पनि हुन्छ । हामी ३ जनाबीच छलफल भइरहेको छ, हानथाप गर्दैनौं ।’

कार्यकर्तातर्फ इंकित गर्दै डा. कोइरालाल दोहोरो भूमिका नखेल्न सुझाव दिए पनि दिए । ‘तपाईंहरु शंशाककोमा गएर शशांकलाई सभापति हुनपर्छ, सुजताकोमा गएर तपाईं हुनुपर्छ र म कहाँ आएर म सभापति हुनु पर्छ भनेर दोहोरो भूमिका नखेलिदिनु होला ।’

उनले पार्टीमा नयाँ नेतृत्व आउनु भन्दै उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता अनुभवी र पार्टीमा योगदान पुर्‍याएका नेताहरुले आफ्नो अनुभव बाँढेर पार्टीमा नयाँ नेतृत्व दिनु पर्ने बताए । तर, सधैं कोइरालाले नै नेतृत्व लिनु पर्छ भन्ने नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment