Comments Add Comment

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई भएन, अब थुनामै रहने

१४ कात्तिक, काठमाडौं । तिहारअघि जुवा खालबाट पक्राउ परेका २५ जना जुवाडेलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले सुनुवाई गर्न आवश्यक ठानेन ।

तिहार विदामा अदालत बन्द हुने समयमा जुवा खालबाट पक्राउ परेकाहरुले आफूहरुलाई गैरकानूनी थुनामा राखेको दावी गरेका थिए । तिहार विदामा अदालत खुल्दासमेत उनीहरुको मुद्दामा सुनुवाई हुन सकेन । बिहीबार तिहार विदा सकिएपछि बिहीबार प्रहरीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने अभियोगमा जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने अनुमति लिएको छ ।

जिल्ला अदालतबाट अनुमति लिएपछि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्नु नपर्ने भनेको महानगरीय प्रहरी प्रभाग महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए । ‘अब फेरि अदालतमा उपस्थित गराउनु नपर्ने गरी निर्णय भएको छ’ उनले भने ।

तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका वेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment