+
+
Shares

राजपाले खटायो ५२ जिल्लामा पर्यवेक्षक

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते २०:२३

१४ कात्तिक, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेशका जिल्लासहित पहाडी र हिमाली जिल्लाहरुमा पनि तदर्थ समिति बनाउनका लागि पर्यवेक्षक खटाएको छ । वडादेखि केन्द्रसम्म तदर्थ समिति बनाउनका लागि राजपाले ५२ जिल्लामा पर्यवेक्षक खटाउने निर्णय गरेको हो ।

पूर्वको ताप्लेजुङ्गदेखि हिमाली जिल्ला मुगुसम्मका लागि पर्यवेक्षक खटाइएको राजपाले जनाएको छ । उपाध्यक्ष पिर्थीबहादुर बेघालाई ताप्लेजुङ्ग र पाँचथर, शिवप्रसाद आचार्यलाई इलाम, तेह्रथुम र संखुवासभाको पर्यवेक्षक तोकिएको छ ।

धनुकटामा महासचिव रामलाल सुतिहार, उदयपुरमा सहमहासचिव डा. सुरेन्द्र झा, झापामा प्रवक्ता अमरेन्द्र साह, मोरङमा उपाध्यक्ष रामकुमार मण्डल, सुनसरीमा उपाध्यक्ष शेखर सिंह, सप्तरीमा सहमहासचिव नेजामुद्दिन अन्सारी, सिराहामा सहमहासचिव हरेन्द्र यादव, धनुषामा महासचिव सुरिता साह, महोत्तरीमा उपाध्यक्ष निलम वर्मा, सर्लाहीमा डा. विजय सिंह, रौतहटमा सुनिल रोहित, बारामा गोबिन्द चौधरी, पर्सामा जयनुल राइनलाई पर्यवेक्षक तोकिएको छ ।

यस्तै मकवानपुरमा अर्जुन उप्रेति, चितवनमा सिपी सिंह, काठमाडौंमा बाबुकाजी महर्जन, ललितपुरमा राजकुमार थापा, भक्तपुरमा सुरेन्द्र जोशी, काभ्रेमा प्रकाश नायजु, सिन्धुपाल्चोकमा रतन बिक्रम स्याङबो, रामेछापमा मानधोज ब्लोन, सिन्धुलीमा राजकुमार लेखी, नुवाकोट र रसुवामा मेजरमान मोक्तान, धादिङ्मा सविन थिङ्, कास्की र तनहुँमा डि.एन. थापा, नवलपरासीमा बाबुलाल साह, रुपन्देहीमा मनिष सुमन, कपिलवस्तुमा सुरेन्द्र पटेल, दाङमा नवलाज लम्साल, स्याङ्जामा नरमाया ढकाल, अर्धाखाँची र गुल्मीमा कल्पना पाण्डे, प्युठान र सल्यानमा बालकृष्ण खनाललाई तोकिएको छ ।

बाँकेमा नरसिंह चौधरी, बर्दियामा विजय गुप्ता, सुर्खेत र दैलेखमा टिकाराम शर्मा, कालीकोट र जुम्लामा देवीकृष्ण न्यौपाने, कैलालीमा अमृता अग्रहरी, कंचनपुरमा मालामती राना थारु तथा हुम्ला, डोल्पा र मुगुका लागि देवीबहादुर बुढाथोकीलाई पर्यवेक्षक तोकिएको छ ।

पार्टीले बनाएको निर्देशिका बमोजिम सहजकर्ताको भूमिका निर्वाह गर्दै यथासम्भव सहमतिबाट र सहमति नभए लोकतान्त्रिक विधीबाट तदर्थ समिति गठन गर्न पर्यवेक्षकहरुलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?