Comments Add Comment

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

१५ कात्तिक, जनकपुरधाम । प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।

छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबारै भएपनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।

प्रदेश २  सरकारले संघीय सरकारले दिएको विदाभन्दा नौ दिन बढी विदा दिने गरी आफ्नो वार्षिक क्यालेन्डर बनाएको छ । संघीय सरकारले २०७६ सालमा १५ दिन विदा दिने सूची बनाएको छ भने प्रदेश २ सरकारले ११ दिने विदाको सूची बनाएको छ ।

संघीय सरकारले यस वर्षको छठ पर्व र होली पर्वमा १/१ दिन विदा दिएपनि प्रदेश सरकारले यो पर्वहरुमा २/२ दिन विदा दिएको छ ।

प्रदेश सरकारले जानकी नवमीको अवसर पारेर २०७६ साल बैशाख ३० गते, जनै पूर्णिमा/रक्षा बन्धनको अवसर पारेर साउन ३० गते र कृष्णाजन्मष्टमीको अवसर पारेर भदौ ६ गते सार्वजनिक विदा दिएको थियो । त्यसअघि मुस्लिम धर्माम्वलीको बकर इद पर्वमा समेत सार्वजनिक विदा दिइएको थियो ।

अझै बाँकी छन् प्रदेश सरकारको विदा

प्रदेश सरकारले मंसीर १५ गते आइतबार विवाहपञ्चमीको, मुस्लिम धर्माम्वलीको पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर एक दिन विदा दिने जनाएको छ । दिन यकीन गरेर विदा दिइने प्रदेश सरकारको २०७५ साल चैत १९ गते बसेको मन्त्री परिषद् बैठकले निर्णय गरेको छ ।

यसबाहेक मधेश आन्दोलन स्मृति दिवसको अवसरमा माघ ५ गते, होली पर्वको फागुन २७ र २८ गते तथा रामनवमीको चैत २० गते विदा दिने सूची प्रदेश सरकारले बनाएको छ ।

संघीय सरकारको क्यालेण्डर अनुसारको १५ दिन र प्रदेश सरकारको ९ दिन विदासँगै प्रदेश २ मा यो वर्ष २४  दिन विदा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment