
१५ कात्तिक, विराटनगर । तिहारको अवधिमा विभिन्न घटनामा परी प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाका अनुसार सवारी दुर्घटना, आगलागी, झगडा, आत्महत्यालगायत घटनाका कारण २९ जनाको मृत्यु भएको हो ।
तिहारको अवधिमा प्रदेश १ मा ४१ वटा सवारी दुर्घटना भएका छन् । जसका कारण ६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
तिहारको चार दिनको अवधिमा प्रदेश १ का विभिन्न जिल्लाहरुमा १४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या प्रयास गर्ने १६ जनाको उद्धार गरिएको छ ।
प्रहरीका अनुसार यो अवधिमा ४ जनाको लडेर मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
दीपावलीको अवधिमा १५ घरमा आगलागी हुँदा एक करोड ८७ लाख बराबरको क्षति भएको छ । आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।
अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । एक जनाको डुबेर मृत्य भएको छ भने नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
५८ जुवाडे पक्राउ
प्रहरीले जुवा खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट ३० बुक तास, १६ थान कौडा र ८ लाख ४३ हजार ५ सय ८२ रुपैयाँ नगद बरामद गरेको छ ।
दीपावलीभर एक लाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।
तिहारको अवधिमा सुनसरीको धरानमा घरेलु हतियार देखाएर लुटपाट गर्न खोज्ने ५ जनालाई हतियारसहित पक्राउ गरेको छ ।
प्रतिक्रिया 4