Comments Add Comment

अष्ट्रेलियाद्वारा श्रीलंकासँगको टी-२० सिरिज क्लीन स्वीप

Photo Credit : आईसीसी

१५ कात्तिक, काठमाडौं । श्रीलंकासँगको टी-२० क्रिकेट सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लीन स्वीप गरेको छ ।

आज सम्पन्न अन्तिम खेलमा श्रीलंकालाई सात विकेटले पराजित गर्दै अष्ट्रेलियाले तीन खेलको सिरिज क्लीन स्वीप गरेको हो । अन्तिम खेलमा १४३ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ५० बलमा चार चौका र एक छक्का प्रहार गर्दै अविजित ५७ रन बनाए । त्यस्तै, कप्तान आरोन फिन्चले ३७ रन बनाउँदा एस्टन टुर्नरले अविजित २२ रन बनाए ।

यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले ५७ रन बनाए पनि अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।

यसअघि भएको पहिलो खेलमा श्रीलंकालाई अष्ट्रेलियाले १३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा श्रीलंका ९ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment