Comments Add Comment

बलात्कारका आरोपी राईमाथि अनेरास्ववियूले गर्‍यो कारबाही

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले बलात्कारको आरोप लागेका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

काठमाडौंको माकलबारीमा एक युवतीमाथि बलात्कारको आरोपमा राई पक्राउ परेपछि अनेरास्ववियुले उनलाई कारबाही गरेको हो ।

शुक्रबार संयोजक ऐन महरले विज्ञप्ति जारी गरी राई संलग्न घटनाले अनेरास्ववियुको शिर झुकेको बताएका छन् । ‘अनेरास्वविजयू यस्ता पाशविक कार्यमा संलग्न जो जस्तोसुकै ओहोदामा किन नहोस् कडा भन्दा कडा कारबाही होस् भन्ने चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ‘हामी प्रहरी प्रशासनलाई दोषी उपर कडा भन्दा कडा कारबाही र पीडित युवतीलाई न्याय दिलाउन जोडदार माग गर्दछौं ।’

देउसी खेल्न बोलाएर एक युवतीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले कात्तिक १२ गते राईलाई पक्राउ गरेको थियो । राई रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment