Comments Add Comment

गुल्मीमा दुई बालकसहित तीन जनाको शव भेटियो

१६ कात्तिक, गुल्मी । गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७/८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शव भेटिएको थियो भने नजिकै बालकको । मृतकको पहिचान खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम पठाउन लागिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment