+
+

म्यानपावरवालालाई वैदेशिक रोजगार विभागले दियो अनुशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १६ गते २०:०२

१६ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीहरु (संचालक/व्यवस्थापक) का लागि एक दिने अनुशिक्षण कार्यक्रम गरेको छ । वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा  संचालित कार्यक्रममा विशेष गरी संस्थागत सुशासन, श्रम स्वीकृतिका पछिल्ला प्रावधानहरु र खासगरी नेपाल-मलेसियाबीचको श्रम समझदारीका प्रमुख प्रावधानहरु, वैदेशिक रोजगार ऐन बमोजिम पालना गर्नुपर्ने नियम र नगरेमा हुने दण्ड सजायको व्यवस्था, संस्थाले पालना गर्नुपर्ने कर राजश्व सम्बन्धी व्यवस्था, वैदेशिक रोजगार बोर्डका कार्यक्रम तथा हाल विभागबाट अघि बढाइएका सुधार कार्यक्रम, बाहिर आएका समसामयिक समस्या र व्यवसायीले ध्यान दिनुपर्ने विषयहरुमा अनुशिक्षण गरिएको थियो ।

दैनिक विभिन्न ४ सिफ्टमा संचालित उक्त कार्यक्रममा अर्थ मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार कार्यालय ताहाचल, वैदेशिक रोजगार विभागका प्रतिनिधिहरु लगायत विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले स्रोत व्यक्तिको भूमिका निर्वाह गरेका थिए । दुई दिनसम्म संचालित उक्त कार्यक्रममा ३६९ जना व्यवसायीको सहभागिता रहेको थियो ।

वैदेशिक रोजगार ऐनको कार्यान्वयनमा कडाई गर्दै लगेको विभागले कतिपय व्यवसायीबाट विगतमा जस्तै अस्वस्थ प्रतिस्पर्धा र अवाञ्छित कृयाकलाप हुदै गरेको र मलेशियासँग भएको श्रम सम्झौता बमोजिम सबैजसो लागत रोजगारदाताले नै व्यहोर्ने अवस्था सिर्जना हुँदाहुँदै पनि कतिपय व्यवसायीहरुले पुराना विकृतिहरुलाई प्रश्रय दिएको गुनासो विभागमा आउने गरेको सन्दर्भमा त्यस्ता कृयाकलाप नगर्न नगराउन सचेत समेत गराउँदै पहिलो पटक व्यवसायीसँग यस्तो अन्तक्रिया कार्यक्रम संचालन गरेको हो ।

धेरैजसो व्यवसायीहरु पछिल्ला कानूनी प्रावधानहरुबारे अनभिज्ञ रहेको र कानून व्यवसायीमा मात्र निर्भर रहेको सन्दर्भमा यस किसिमको अनुशिक्षणले कानूनका प्रावधानहरुबारे धेरै स्पष्टता भएको र आफ्ना समस्याहरु समेत राख्न पाइएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।

विभागले बाँकी व्यवसायीहरुलाई छिट्टै अनुशिक्षण कार्यक्रम गरिने साथै भविष्यमा कामदार समेतको सचेतनाका लागि केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत कार्यक्रम संचालन हुने जानकारी विभाग स्रोतले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?