Comments Add Comment

नवलपरासीको दुम्किबासमा जिप दुर्घटना, १ जनाको मृत्यु

१७ कात्तिक, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, अरूणखोला र दुम्किबासबीच जंगलमा शनिबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको निधन भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

गम्भीर घाइते पंगेनीलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी बलेरो चालक गैडाकोट नगरपालिका–८ का ३२ वर्षीय सन्तोष डमरकोटी घाइते भएका छन् । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment