Comments Add Comment

एमसीसीसँग यू–१९ क्रिकेट टिमले खेल्दै

१७ कात्तिक, काठमाडौं । नेपाली युवा यू–१९ टिमले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रतिपस्पर्धा गर्दैछ ।

नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ९ बजेर १५ मिनेटमा आफ्नो पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको कप्तानी रित गौत्तमले गर्दै छन् भने एसीसीको कप्तानमा जिमी एडम्स रहेका छन् ।

टेष्ट, एकदिवसीय र टी–२० क्रिकेट खेलिसकेका अनुभवि खेलाडी सामेल भएको टिम एमसीसीविरुद्ध नेपाली युवा टिमले ५० ओभरको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

सोमबार एमसीसीले नेपालसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनको फष्र्ट क्लास खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार प्रतिस्पर्धा गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment