+
+
Shares

दाङमा भवनबाट खसेर एक मजदुरको मृत्यु   

रासस रासस
२०७६ कात्तिक १७ गते १३:५३

१७ कात्तिक, दाङ । घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्दै आएका एक मजदुरको काम गर्दैगर्दा भवनबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तरप्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेलको सिमेन्ट कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खस्दा गम्भीर घाइते भएकामा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

शनिबार बेलुका साढे ८ बजे खसेर गम्भीर भएका पटेललाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव शिक्षण अस्पताल कोहलपुरको शवगृहमा राखिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?