Comments Add Comment

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

२० जनाको भने उद्धार गरिएको उनले बताए । उनीहरूलाई उपचारका लागि बनेपा अस्पतालमा पठाइएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने डीएसपी काफ्लेले बताए ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment