Comments Add Comment

द भ्वाइसको नकआउट चरणबाट छानिए टप १२ प्रतियोगी

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’को नकआउट चरण सकिएको छ । नकआउट चरण सकिएसँगै चारजना कोचले आफ्नो टिममा उत्कृष्ट तीन प्रतियोगी पाएका छन् ।

नकआउट चरणबाट छानिएर लाइभ शोसम्म पुग्ने प्रतियोगीहरु १२ जना रहेका छन् । जसमा कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ शोसम्म पुगेका छन् ।

कोच आस्था राउतको टिमबाट यांकी, शशिका, आरिफले लाइभमा आफ्नो स्थान बनाए ।

कोच प्रमोद खरेलले बलबहादुर, मेचु र रामलाई लइभसम्मको यात्रामा पुर्‍याउँदा कोच राजुबाट गीता, अन्जु र शिनिश लाइभ शोसम्म पुगेका छन् ।

पहिलो सिजनमा नकआउट राउण्ड थिएन । यसै वर्षबाट भ्वाइस अफ नेपालले नकआउट राउण्ड सुरु गरेको हो । नकआउट राउण्डमा एकै टिमका तीन प्रतिस्पर्धीले एक–अर्कासँग प्रतिस्पर्धा गरेका थिए । जहाँबाट एक प्रतियोगी छनोट भएर लाइभसम्म पुगे भने दुई प्रतियोगीले भ्वाइस अफ नेपालको स्टेजबाट विदा लिए । प्रतेक टिमबाट ६ प्रतियोगी बाहिरिए ।

आगामी साताबाट लाइभ शो सुरु हुनेछ । अहिलेसम्म कोचको हातमा रहेको निर्णय अब भने दर्शकको हातमा हुनेछ । दर्शकको भोटबाट नै उत्कृष्ट प्रतियोगी छानिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment