+
+
Shares

भारतको हिमाञ्चल प्रदेशबाट गाजासहित १२ नेपाली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते ११:३३

१८ कात्तिक, काठमाडौं । भारतको हिमाञ्चल प्रदेशबाट १२ नेपालीसहित ३१ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

भारतको समाचार एजेन्सी एएनआईले जनाएअनुसार पक्राउ परेका १२ नेपालीमध्ये पाँच जना महिला छन् । उनीहरु कुल्लु जिल्लाको पार्वती गाउँबाट गत शनिबार पक्राउ परेको समाचारमा उल्लेख छ ।

पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको बताइए पनि नेपालीहरुको ठेगाना भने उल्लेख गरिएको छैन ।

कुल्ली प्रहरीका सुपरिटेन्डेन्ट गौरव सिंहका अनुसार पक्राउ परेकाहरुबाट २ किलो ९१३ ग्राम गाँजा बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?