Comments Add Comment

कमजोर ओपनिङको संकेतपछि ‘घामड शेरे’ सारेका हौंः हेमराज

चलचित्र ‘घामड शेरे’ कात्तिकको २२ गते रिलिज हुँदैछ । कात्तिकको ८ गते रिलिज हुने भनिएको यो चलचित्र कम शो पाएपछि सरेको थियो । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक हेमराज वीसीले कमजोर ओपनिङ हुने देखेपछि चलचित्र सारेको बताएका छन् ।

उनले भने–‘चलचित्र व्यापारका लागि नै बनाउने हो । सो कम पाएपछि व्यापार पनि कम हुने देख्यौं । हाम्रो असन्तुष्टी कुनै पनि हलसँग होइन ।’ कलाकार निश्चल बस्नेतले पनि चलचित्रलाई व्यापारको रुपमा नै वुझेका छन् । प्रतिस्पर्धात्मक बजारमा कमजोर ओपनिङ हुने देखेपछि चलचित्र सारिएको उनको भनाई छ ।

निर्देशक बस्नेतले चलचित्र सरेपछि हल संचालक, वितरकसँग असन्तुष्टी पोखेका थिए । तर, उनले सबैका लागि बोल्दा अरुले साथ नदिएको भन्दा पहिले आफ्नै लागि बोल्नु पर्ने रहेछ भन्दै यसपटक बोलेको तर्क समेत गरेका छन् ।

चलचित्र ‘घामड शेरे’मा नायिका स्वस्तिमा खड्काको पनि मुख्य भूमिका छ । खोला विरुद्ध नै मुद्दा हाल्ने एक घामड पात्रको कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment