+
+
Shares

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते ११:५०

१८ कात्तिक, चितवन । नेपालका लागि नेपाली अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् ।

गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि युवाहरुको एक समूहले आक्रमण गरेको थियो ।

घटनामा संलग्न भएको भन्र्दै चितवन प्रहरीले भरतपुर-११ बाट अबिरल पोखरेललाई पक्राउ गरेको छ । आक्रमण गर्ने अन्यको खोजी भइरहेको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

शाहीमाथि आक्रमणको आरोपमा एक साताअघि चितवन प्रहरीमा किटानी जाहेरी परेको छ । सोही जाहेरीको आधारमा प्रहरीले आक्रमणमा संलग्नहरुको खोजी गरिरहेको छ ।

यसअघि उजुरी नै नपरेको भन्दै प्रहरीले खोजी गरेको थिएन । प्रहरीले संलग्नहरुको पहिचान नभएको बताउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?