+
+
Shares

बसको ठक्करले दुई जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते १४:०३

१८ कात्तिक, कैलाली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।

आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् ।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले स्थानीयले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेको बताए । बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेसक्याम्पमा छलफल चलिरहेको स्थानीय प्रताप चौधरीले जानकारी दिए ।

बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेका स्थानीयले प्रमुख जिल्ला अधिकारीको आग्रहमा सडक खुलाएका थिए । तर वार्ता चलिरहेका बेला स्थनीयले फेरि सडक अवरुद्ध पारेका हुन् ।

राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीका लागि छुटेका र आउदै गरेका दर्जनौ सवारीसाधनहरु राजमार्गमा नै रोकिएका छन् । सयौं यात्रु अलपत्र परेका छन् ।

आफन्तले मृतकको शव समेत उठाएका छैनन् । घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव सडकमै छ भने उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका मानबहादुरको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?