Comments Add Comment

महिला कर्मचारीसँग ‘डेटिङ’ गएको भन्दै म्याकडोनल्ड्सका सीईओ बर्खास्त

१८ कात्तिक, काठमाडौं । अमेरिकाको प्रसिद्ध रेस्टुराँको सञ्जाल म्याकडोनल्ड्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ इस्टरब्रुकलाई बर्खास्त गरेको छ । कम्पनीकै एक कर्मचारीसँग डेटिङमा गएको भन्दै ब्रिटिश नागरिक स्टिभलाई बर्खास्त गरिएको हो ।

दुई जनाबीच प्रेम सम्बन्ध भए पनि स्टिभले कम्पनीको नीति उल्लंघन गरेको आरोप छ ।

५२ वर्षीय स्टिभले पनि आफू महिला कर्मचारीसँग प्रेममा रहेको स्वीकारेका छन् र कम्पनीको बोर्डसँग जागीर छाड्न सहमति जनाएको बताएका छन् ।

उनी सन् १९९३ मा लण्डनमा म्याकडोनल्ड्सको व्यवस्थापक थिए । सन् २०११ मा उनले म्याकडोनल्ड्स छाडेर पिज्जा एक्सप्रेसमा काम गरे । सन् २०१३ मा उनी पुनः म्याकडोनल्ड्समा फर्किएका उनी सन् २०१५ मा प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए ।

म्याकडोनल्ड्स विश्वव्यापी रुपमा लोकपि्रय हुनुको श्रेय स्टिभलाई नै दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment