Comments Add Comment

इथियोपियामा पहिलो पटक राष्ट्रपतिमा महिला निर्वाचित

१८ कात्तिक, काठमाडौं । इथियोपियाको राष्ट्रपतिमा सले वर्क ज्युद निर्वाचित भएकी छन् । इथियोपियाको संसदले पहिलो पटक महिला राष्ट्रपति निर्वाचित गरेको हो । अनुभवी कुटनीतिज्ञ सले अहिले अफ्रिका महादेशको पहिलो राष्ट्रप्रमुख महिला हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि सलेले वास्तविकतामा नै लैंगिक समानता कायम गर्न काम गर्ने बताएकी छन् । संसदलाई संबोधन गर्दै उनले शान्ति कायम गर्न पनि आफू सक्रिय हुने बताइन् । उनले मातृभूमि शान्तिको प्रतिक्षामा रहेको भन्दै त्यसका लागि पहल गर्ने बताएकी हुन् ।

राष्ट्रपति सले यसअघि सेनेगलका लागि राजदूत थिइन् । उनले संयुक्त राष्ट्र संघको शान्ति स्थापनासम्बन्धी विभिन्न निकायमा रहेर काम गरेकी छन् । राष्ट्रपति निर्वाचित हुनुअघिसम्म उनी अफ्रिकन युनियनका लागि राष्ट्रसंघीय प्रतिनिधि थिइन् ।

इथियोपियाको संविधानअनुसार त्यहाँ राष्ट्रपति आलंकारिक र प्रधानमन्त्री कार्यकारी अधिकारयुक्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment