Comments Add Comment

हरिबोधनी एकादशीका दिन रेसुङ्गा नगरपालिकामा विदा

१८ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।

नगरप्रमुख भुसालद्वारा हस्ताक्षरित सार्बजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएका उल्लेख छ । मेलालाई व्यवस्थित रुपमा मनाउन र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरी नेपाल भ्रमण वर्षलाई सहयोग गर्न सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख भुसालले बताए ।

रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेश गरेको छ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment