Comments Add Comment

यू–१९ फुटबल टिमलाई टिमलाई विदाइ

१८ कात्तिक, काठमाडौं । एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्ने नेपाली युवा टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (सोमबार) नेपाली टोलीको विदाई गरेको हो । नेपाल रहेको समूह ‘डी’ मा आयोजक इरानसँगै युएई र किर्गिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर ६ तारिखमा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, आठ तारिखमा इरान र किर्गिस्तानसँग १० तारिखमा खेल्नेछ । मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो लक्ष्य नै एएफसी यू–१९ च्याम्पियनसिप छनोट हुने भएको बताएका छन् ।

नेपाली टिम

गोलकिपर : विशाल सुनार, रोहित कार्की, पुजन होना

डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, निराजन महर्जन

मिडफिल्डर : दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेञ्जन

फरवार्ड : मनिष डाँगी, रजिव लोप्चन, रेजिन सुब्बा (कप्तान) दिपेश आलेमगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment