Comments Add Comment

स्मिताको गीतमा कार्टुन्ज क्रुको नृत्य

स्मिता दाहाल, जसले कलिलै उमेरमा एकल सांगीतिक प्रस्तुती दिइसकेकी छिन् । अहिले पनि उनी अविछिन्न गीत संगीतमा लागेकी छिन् । उनले एकपछि अर्को गीतमा स्वर दिदै आएकी छिन् ।

उनलाई यसपाली साथ दिएका छन्, टंक बुढाथोकीले । टंक र स्मिताको गीतमा कार्टुन्ज क्रुले नृत्य गरेको छ । भनिरहनु परेन, चर्चित सांगीतिक समूह हो कार्टुन्ज क्रु । उक्त म्युजिक भिडियो हालै सार्वजनिक भयो । सरोज ओलीले निर्देशन गरेको म्युजिक भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, रहेको छ । उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment