Comments Add Comment

१५ मिनेटमै अनुहारको चमक बढाउने उपाय

सफा, दागरहित तथा चम्किलो अनुहार कसलाई मन पर्दैन होला ? तर, आजको व्यस्तताले भरिएको जिन्दगीमा हामी आफ्नो छालामा पर्याप्त ध्यान दिन पाउ“दैनौं । जसका कारण छाला मृत तथा रुखो देखिन थाल्छ । तनाव, प्रदूषण तथा तनावको सोझो प्रभाव हाम्रा छालामा नै देख्न सकिन्छ । त्यसैले हामीले हाम्रो छालाको चमकलाई बचाउन धेरै कुरामा ध्यान दिनु पर्छ ।

महंगा सौन्दर्य प्रशाधनदेखि लिएर उपचारमा समेत थुप्रै पैसा खर्च गर्छौं । यद्यपि, त्यसबाट पनि अपेक्षित फाइदा नपुग्न सक्छ । यस्तो अवस्थामा यदि तपाईंले घरेलू उपायहरु अपनाउनु भयो भने तपाईंले तुरुन्त त्यसको प्रभाव देख्न पाउने हुनेछ र त्यसका लागि धेरै पैसा खर्च पनि गर्नु पर्दैन ।

दूध तथा मह

घरमा नै बनाउन सकिने यो फेस मास्कले न केवल तपाईंको छालालाई रुखो बनाउँछ, यसका साथै त्यसले अतिरिक्त चिल्लोपनालाई समेत हटाउ“छ । त्यसका लागि तपाईंले दूध तथा महको फेस प्याक बनाउनु पर्छ । दूध र महलाई मिसाएर अनुहारमा लगाउनु पर्छ र दश मिनेटसम्म त्यसै छाड्नु पर्छ । त्यसपछि सफा पानी अनुहार हुनुपर्छ ।

गुलाव जल र मुल्तानी मिट्टी

तपाईंले मुल्तानी मिट्टीमा गुलाव जल मिसाएर पेस्ट बनाउनु पर्छ । त्यसलाई करिव दश मिनेट सम्म अनुहारमा लगाएर सफा पानीले धुनु पर्छ । उक्त फेस प्याकले तपाईंको छालामा भएको अतिरिक्त तेल हट्छ र तपाईंको छाला फ्रेस देखिन्छ ।

कागती, मह र घीउ कुमारी

कागती, मह र घीउ कुमारी छालाको लागि निकै नै फाइदाजनक हुन्छन् । यी तीन चिजहरुलाई मिसाएर पेस्ट बनाउनु पर्छ र आफ्नो अनुहारमा लगाउनु पर्छ । यसले तपाईंको रुखो छालामा चमक ल्याउन सहयोग गर्छ ।

मह, बेसार र ओट्स

मह, बेसार र ओट्सलाई मिसाएर पेस्ट बनाउनु पर्छ र अनुहारमा लगाउनु पर्छ । उक्त पेस्ट अनुहारमा सुकेपछि सफा पानीले धुनु पर्छ । यो फेस प्याकले तपाईंको अनुहार केही समयमै चम्किलो मात्र देखिंदैन, फ्रेस र स्वस्थ पनि देखिन्छ ।

गोलभेंडा र मह

गोलभेंडाले छालालाई टाइट बनाउने र महले त्यसलाई चम्काउने काम गर्दछ । जब यी दुबै चिजलाई एकै ठाउँमा ल्याएर अनुहारमा लगाइन्छ, त्यसले अनुहारलाई आकर्षक बनाउँछ । एक चम्चा गोलभेंडाको रसमा एक चम्चा मह मिसाउनु पर्छ । त्यसपछि उक्त पेस्ट अनुहारमा लगाउनु पर्छ । रातभरी त्यत्तिकै राखेर बिहान सफा पानीले धुनु पर्छ । तपाईं आफ्नो अनुहारमा आएको परिवर्तन देखेर आश्चर्य मान्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment