Comments Add Comment

गुरु नानक जयन्तीमा सार्वजनिक बिदा किन नदिने ?

पुस्ताै‌ंदेखि नेपालमै जन्मे, हुर्केका हामी नेपाल आमाका सन्तान सिख समुदाय । अल्पसंख्यकमा भए पनि हामी सिखहरुले यातायात, सञ्चार तथा अन्य विभिन्न क्षेत्रमा सकेको योगदान पुर्‍याउँदै आएका छौं । केही वर्ष अगाडिसम्म पनि यातायात भन्ने वित्तिकै सिख समुदायको मुहार झल्किन्थ्यो ।

अझै पनि प्रदेश २ र ५ मा सिख समुदायको बसोबास छ । ‘किरत करो, नाम जपो, वंड छको’ (कर्म गर, परमात्माको नाम जप, बाँडेर खाऊ) सिख धर्मको मूल आदर्श मानिन्छ ।

नेपाली सिख समुदायले पनि यसलाई आत्मसात् गर्दै आएका छन् । नेपाली सिख समुदायको इतिहास खोतल्दा ५ सय वर्ष अघिदेखि नै यहाँ रहेको तथ्य भेटिन्छ । अध्ययनका क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुरु नानक साहेबज्यूको नाममा जग्गाको लालपुर्जा भेटिएको छ ।

समुदायमा धनी गरिबबीचको खाडलको अन्त्य गर्न र पेटका लागि गर्ने अपराध रोक्न ‘लगंर’ प्रथा चलाउनुभयो । जसमा सिख समुदायका मात्रै नभई अन्य समुदायका जो कोही गएर निःशुल्क भोजन ग्रहण गर्न सक्छन्

देश विभिन्न मठ तथा गुरुद्वारहरूमा पुरातन हस्तलिखित श्री गुरुग्रन्थ साहेब शोभायमान छन् । यसले हाम्रो समुदायको प्राचीनतालाई झल्काउँछ ।

यातायातलगायत प्राविधिक, पारचुन व्यवसाय, पन्जाबी होटल तथा कोका–कोलाजस्तो अन्तर्राष्ट्रिय पेय आयात तथा विभिन्न क्षेत्रहरूमा योगदान गरेका सिख समुदायको, यस सार्थक सहयोगलाई राष्ट्रले पक्कै सजिलै बिर्सिन सक्नेछैन होला । हाम्रा पुर्खाले कर्तव्य निष्ठता, इमान्दारिता, बहादुरी र पौरखले हाँस्दै–हाँस्दै देश तथा जनताको भविष्यको मार्ग प्रशस्त गरेकै हुन् । तैपनि राष्ट्रिय सुरक्षा, नागरिकता, व्यवसायिक सुरक्षा आदि विषयमा सरकारले ध्यान नदिँदा हामीहरू सधैं उपेक्षित नै रह्यौं । त्यसका लागि पटक–पटक हामीले संघर्ष गर्नुपरेको छ ।

राज्यको संकीर्ण सोच तथा नकारपनले गर्दा हाम्रो समुदाय देशका विभिन्न स्थानबाट धमाधम पलायन भइरहेका छन् । सरकार तथा विभिन्न पार्टीहरूको समावेशीकरणको नाराले हामीलाई कहिल्यै समेटेन । व्यवस्था परिवर्तन भयो तर उनीहरूको विचारमा परिवर्तन आएन ।

हामीलाई कहिले, कसले र कहाँ, कुन ठाउँमा समावेश गर्ने हो ? अहिलेसम्म किन नगरेको हो ? देश निर्माणमा हामीले दिएको योगदानको मूल्यांकन खै ? संघीय गणतान्त्रिक मुलुकमा हाम्रो अस्तित्व के हो ? हामीले अहिलेसम्म बुझ्न सकेका छैनौं । राज्यले बुझाउने कोसिस पनि गरेको छैन ।

जसपाल सिंह

अरू त अरू, मुलुक संघीय संरचनामा गएपछि विभिन्न जातजाति र समुदायको चाडपर्वमा संघ र प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएका छन् । सिख समुदायले मुख्यगरी गुरुहरुको जन्म जयन्ती, परलोकगमन, वैशाखी (नयाँ वर्ष), लोहडी (माघेसंक्रान्ति), होला मोहल्लालगायत अन्य चाडपर्व महत्त्वका साथ मनाउँदै आएका छौं । अझै पनि राज्यले त्यसप्रति अपनत्व भाव देखाएको छैन । यसले हामीलाई सधैं पीडावोध गराउँछ ।

मुख्य बुझ्नुपर्ने कुरा ५ सय वर्षअगाडि नै श्री गुरु नानक साहेबले हामी सबै एकै पिताको सन्तान हौं भन्ने सन्देश बाँडे । ‘हरि हरिजन दुवै एक हुन्’ भन्दै जातीय वर्ण व्यवस्थाविरुद्ध आवाज उठाउनुभयो ।

समुदायमा धनी गरिबबीचको खाडलको अन्त्य गर्न र पेटका लागि गर्ने अपराध रोक्न ‘लगंर’ प्रथा चलाउनुभयो । जसमा सिख समुदायका मात्रै नभई अन्य समुदायका जो कोही गएर निःशुल्क भोजन ग्रहण गर्न सक्छन् ।

विश्वभरका ५९ हजार गुरुद्वाराहरूमा ६० लाख व्यक्तिहरूले प्रत्येक दिन निःशुल्क भोजन गर्दछन् । जबकि, सिख समुदायको जनसख्या विश्वमै २ करोड ७० लाखको हाराहारीमा छ ।

राज्यको संकीर्ण सोच तथा नकारपनले गर्दा हाम्रो समुदाय देशका विभिन्न स्थानबाट धमाधम पलायन भइरहेका छन् । सरकार तथा विभिन्न पार्टीहरूको समावेशीकरणको नाराले हामीलाई कहिल्यै समेटेन

समुदायमा महिलालाई पुरुष समान दर्जा छ । ‘ सो किउ मंदा आखिए जितु जमहि राजान ।’ (राजा महाराजा सन्त पुरूष जन्माउने महिलाको सधैं सम्मान हुनुपर्छ । ) भन्ने मान्यता छ ।

यी कुराहरू २१ औं शताब्दीमा आइपुग्दा पनि क्रान्तिकारी लाग्छन् । जुन कुराका लागि ५ सय वर्षअगाडि गुरुज्यूले चुनौती मोल्नुभयो । तिनै श्री गुरु नानकको जन्म जयन्ती प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन पर्छ । यसपालि कात्तिक २६ गते मंगलबार पूर्णिमा परेको छ ।

कलीयुगका अवतार जाहिर पीर जगत बाबा धन्य धन्य श्री गुरु नानक देवज्यू महाराज सिख समुदायको मात्र नभई सम्पूर्ण मानव जातिका गुरु हुन् । अन्य पर्वहरूमा अपनत्वभाव देखाउन नसके पनि कम्तीमा उहाँको जन्म जयन्तीमा सार्वजनिक बिदा दिइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment