+
+
Shares

केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:१६

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।

केन्द्रीय समितिको बैठक अघि सानेपास्थित कार्यालयमा कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्न लागेका हुन् । पार्टीको संस्थापन पक्षका नेताहरु चुनाव अघि कुनैपनि प्रकारको महाधिवशेन नहुने र दुई महामन्त्री चुनाव अघि नियमित हुन नसके विशेष गर्नुपर्ने अडानमा छन् ।

दुई पक्ष आ-आफ्नो अडानमा कायमै रहेको बेला सहमति खोज्न कार्यवाहक सभापति खड्काले महामन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । महामन्त्री थापाले सहमति जुट्न नसक्दा महाधिबेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेश गर्न सकेका छैनन् । महामन्त्री थापाले २७ देखि २९ मंसिरभित्र महाधिवशेन गर्न सकिने गरी कार्यतालिकाका दुई प्रस्ताव सार्वजनिक गरेका छन् ।

२९ असोजमा करिब ५४ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । नियमित महाधिवशेन हुन नसके विशेषको लागि उनीहरुले माग गरेका छन् । संस्थापन पक्ष भने नियमित वा विशेष महाधिवेशन चुनाव अघि हुन नसक्ने अडानमा छन् ।

२८ असोजबाट सुरु भई कात्तिक १ गतेबाट रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि पुन: सुरु हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?