Comments Add Comment

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल : गृहमन्त्री

१९ कात्तिक, बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफ भएको बताएका छन् ।

गृह मन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षाको स्थिति पहिलेको जस्तो नभएको दावी गरे ।

‘शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो अवस्था छैन,’ गृहमन्त्री थापाले भने, ‘शान्ति सुरक्षामा जुन समस्याहरु देखा परेका थिए, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास धेरै हदसम्म समाधान भए ।’

पूर्वसभामुख कृष्णबहादुर महरा, सांसद अफताव आलममाथि भइरहेको कानुनी कारवाहीतर्फ इंगित गर्दै गृहमन्त्री थापाले कानून कार्यान्वयनको प्रक्रिया ठोसरुपमा अघि बढेको बताए ।

प्रदेश प्रहरी गठनको लागि कानुनी प्रकृया धेरै अगाडि बढिसकेको भन्दै उनले अब छिट्टै प्रदेश प्रहरी गठनले सार्थकता पाउने बताए ।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालको विकास र समृद्धिका लागि कोशेढुंगा सावित हुने उनको भनाइ छ ।

अबको तीन/चार वर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित सरकार अघि बढेको उल्लेख गर्दै उनले व्यापार घाटामा सुधार र निर्यात बढेको बताए ।

सोमबारदेखि शुरु भएको बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहसचिव प्रेमकुमार राई, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।

गृहमन्त्रीलाई देखाउन विप्लवको पोस्टर टाँस

गृहमन्त्री थापा सुरक्षा गोष्ठीमा सहभागी हुन बुटवल आउने भएपछि प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपाले पोष्टर टाँसेको छ ।

विप्लव कार्यकर्ताहरुले बुटवलमा ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ लेखेको विप्लवको तस्वीरसहितका पोष्टरहरु टाँसेका छन् ।

सोमबार राति बुटवलको मिलनचोकमा टाँसिएको पोस्टर बिहान वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसी नेतृत्वको टोलीले हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment