Comments Add Comment

भूमी भन्छिन्–‘पति, पत्नी और ओ’ सेक्सको कथाको फिल्म होइन’

चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । चलचित्रमा नायक कार्तिक आर्यनको साथमा नायिकाद्धय भूमी पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा ‘सेक्स’ सम्बन्धी बिषयवस्तु उठाइएको छ । यसैले, चलचित्रको कथावस्तु के हो भन्ने खालको प्रश्न पनि दर्शकले उठाएका छन् ।

यो बिषयमा नायिका भूमी भन्छिन्–‘जब मैले यो चलचित्रको कथा पढेँ, मेरा सबै शंकाहरु हटेका थिए । यो चलचित्र निकै नै कमेडी कथामा छ, तर यसले खराब सन्देश भने दिदैन ।’ यो चलचित्रले महिला र पुरुषको कथालाई समान रुपमा उठान गरेको उनको तर्क छ ।

भूमीले अगाडि भनिन्–‘मलाई लाग्छ, यो चलचित्रसँग आवद्ध कोही पनि त्यो खालको शिक्षाबाट शिक्षित छैनन् । हामी, चलचित्रको कथालाई टुंग्याउँदा नै सेक्सलाई नै महत्व दिएर सकिनु हुँदैन भन्नेमा सेचत थियौं । जब मैले यो चलचित्रको कथा पढेँ, मलाई निकै नै सुन्दर लाग्यो ।’

चलचित्र हेर्दा ‘सेक्स’ नै मुख्य पाटो हो भन्ने लाग्न नदिन निर्माणटिम सचेत भएको र यसलाई ठूलो उपलब्धी मान्नुपर्ने भूमीको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment