Comments Add Comment

दराजको ११.११ सेलको तयारी अन्तिम चरणमा

१९ कात्तिक, काठमाडौं । अलिबाबाको संसारकै सबैभन्दा ठूलो सेल ११.११ सेल नेपालमा पनि दराजले सञ्चालन गर्दैछ । यसको लागि तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर कम्पनीले अभियानबारे जानकारी दिएको छ ।

पहिले चीनमा मात्र सीमित उक्त सेल अहिले संसारभरि एउटा मनोरन्जनात्मक सेल डेको रुपमा चिनिन थालेको छ । यो सेल अहिले अलिबाबासँग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाल लगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने गर्दछ । यो अभियान कात्तिक २५मा सञ्चालन हुनेछ ।

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कात्तिक २५ गते नेपालमा ११.११ आयोजना गरेको थियो । उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुणा बढि व्यापार गरेको थियो साथै २ लाख भन्दा बढि उपभोक्ताहरु, १ हजार भन्दा बढी बिक्रेता तथा ब्राण्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो सच्चिनै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको हुन पुगेको थियो ।

नेपालमै पहिलो पटक विद्युतीय भुक्तानी सेवाको सुरुवात गरेर दराजले यसपालीको ११.११ सेल डेले अझै ठूलो बनाउने भएको छ । दराजले विभिन्न बैंकको बैंकिङ कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुटको अफर पनि ल्याएको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, ‘गतसालको सफलता तथा परिणामहरूबाट सिक्दै यसपाली हामी उपभोक्ताहरुलाई झनै राम्रो र साच्चिनै रमाइलो एकदिनको सेलको अनुभूति दिन चाहान्छौं । हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन-एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छूटहरु तथा सामाजिक सञ्जाल मा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यसवर्ष कै ठूलो हाइलाइट हुने अनुमान छ ।’

यस वर्षको ११.११ अभियान मा दराजसँग ३ हजार हजारभन्दा बढी बिक्रेता गरी ३ लाख भन्दा बढी सामानहरु तथा ४ लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ ।

त्यस दिनमा मात्र हुने १ लाख ५० हजार अपेक्षित अर्डरहरुको लागि तयारी गर्न दराजले सयौं थप डेस्क हिरोहरु -डेलिभरी राइडर) तथा दर्जनौं थप कस्टुमर केयर अगेंटहरु थपेको छ ।

साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्सन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हबबाट लिन सक्नेछन् जसले गर्दा वितरण शूल्क तिर्नु पर्दैन ।

यसका साथ साथै सामानको गुणस्तर चेक गर्न दराजमा आझै धेरै फिचरहरु पनि थपिएका छन् जस्तो कि इमेज रिभ्यू र सेलरसँग प्रतक्ष्य च्याट गर्न मिल्ने सेवा । यी फिचरहरुले उपभोक्ताहरुलाई सहि सामान छान्न निकै सहयोग पुग्नेछ ।

साथै मशिन लर्निङ अथवा आटीफिसियल इन्टेलिजेन्समार्फत दराजले उपभोक्ताहरुलाई आफूले खोजेको जस्तो समान खोज्न सहयोग त पुर्याइरहेको नै छ । समग्रमा यस वर्ष को ११.११ एक दिनको सेल अहिलेसम्मकै सबै भन्दा ठूलो र उत्कृष्ट हुने अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment