News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २२ गते गोल्छा च्यारिटी ट्रस्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
- यो सहयोग भदौ १० गतेको बाढीबाट प्रभावितलाई उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उपयोग हुने छ।
- ट्रस्टले देशका विभिन्न भागमा बाढी र पहिरोबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेको छ।
२४ भदौ, काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन गोल्छा च्यारिटी ट्रस्टले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ २२ गते १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुनेछ ।
विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रस्टले सङ्कटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
प्रतिक्रिया 4